site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा पत्र बुझाएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । 

पत्रमा भनिएको छ, “सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।”
sf-1764760310.jpg
 

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्