site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुस–युक्रेन शान्ति प्रयासमा ट्रम्पको २८ बुँदे योजनाले रुसलाई किन दियो छुट ?

काठमाडौं  । फेब्रुअरी २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै दुवै देशका बीचमा शान्तिका प्रयासहरू पनि चलिरहेका थिए । 

दुवै देशका अधिकारीहरू लडाइँ रोक्ने उद्देश्यले बेलारूस र त्यसपछि टर्कीमा भेटेर कूटनीतिक वार्ता गरिरहेका थिए । यद्यपि, चार वर्षपछि पनि स्थिति उस्तै छ । अमेरिकाले दुवै देशलाई मिलाउने प्रयास गरिरहेको छ । हालै डोनाल्ड ट्रम्प प्रशासनले यस विषयमा २८ बुँदे शान्ति योजना दिएको छ ।

तर, यसै महिनाको सुरुमा सार्वजनिक भएको २८ बुँदे योजनाको एउटा गोप्य दस्तावेजले युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई चिन्तित बनाएको थियो ।

उक्त योजनाले युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्ने, युक्रेनी भूभागको पाँच भागको एक भाग मस्कोलाई दिने र किभको सेनाको आकार सीमित गर्ने पस्ताव गरेको थियो ।

तर, युद्ध रोक्नका लागि अमेरिकाको नेतृत्वमा आएको शान्ति प्रस्तावले कुटनीतिक सक्रियताको लहर ल्याएको छ । किभ, मस्को, अबुधाबी, जेनेभालगायत स्थानहरूमा अमेरिका, रूस र युक्रेनका प्रमुख अधिकारीहरूबीच बैठकहरू आयोजना भएका छन्, जहाँ शान्ति योजनाका विवरणहरूमा छलफल भइरहेको छ ।

तर, थुप्रै बैठकहरूका बावजुद रूस र युक्रेनबीचको युद्ध जारी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार मस्कोमा अमेरिकी विशेष दूत स्टीभ विटकाँफ र डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग भेटवार्ता गरे । उक्त बैठक बुधबार बिहान सबेरै सकिएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्ध अन्त्य गर्ने उद्देश्यले राखिएका केही अमेरिकी प्रस्तावहरूलाई रूसले स्वीकार गरेको छ । तर, अरूलाई अस्वीकार गरेको बताए । उनले अझै कुनै सहमतिको बिन्दु फेला नपरेको बताए । पेस्कोभले हाल कार्यकारी–विशेषज्ञस्तरमा सहमतिको प्रयास भइरहेको बताए ।

सुरुदेखि नै जारी छ शान्तिको प्रयास
लगातार चलिरहेको शान्ति वार्तामा टर्कीले मध्यस्थता गरेको थियो । यो रुस–युक्रेन युद्ध सुरु भएको एक महिनापछिको कुरा हो ।
 
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले युक्रेनले नेटो सदस्यताको आफ्नो माग रद्द गर्न राजी भएको साथै रुसी भाषालाई पनि आधिकारिक भाषाको दर्जा दिन तयार भएको बताएका थिए । 
 
यसपछि रूसले कूटनीतिक समझदारी देखाउँदै युक्रेनबाट आफ्नो सेना हटाउने विषय पनि सबै क्षणिक थियो । चाँडै नै युद्धले तीव्रता लियो र लडाइँ जारी रह्यो । 

क्राइमियामाथिको आधिकारिक कब्जासँगै आफ्नो नियन्त्रणमा आएका युक्रेनका धेरै अन्य भूभागहरू पनि माग गरेको छ । यी रुसी–भाषा बहुल क्षेत्रहरू हुन्, जसमाथि रूसले पहिलेदेखि नै आफ्नो दाबी गर्दै आएको थियो ।

युद्धको सुरुआतमा मध्यस्थता गरिरहेका टर्की र बेलारूस अब टाढिएका छन् । तर, अमेरिकाले शान्ति प्रयासको नाममा २८ बुँदे योजना दिएको छ, जसमा अमेरिका खुलेआम मस्कोको पक्षमा देखिएको छ ।

ट्रम्पको शान्ति योजनाले के भन्छ ?
प्रस्तावमा क्राइमियाबाहेक लुहान्स्क र डोनेट्स्क पनि रुसको अधिकारमा आउने उल्लेख छ, जुन पहिले युक्रेनको हिस्सा थिए । शान्ति योजनाअनुसार युक्रेनले आफ्नो सेनाको आकार घटाएर ६ लाख सैनिकसम्म सीमित गर्नुपर्छ । साथै, उसले लामो दूरीका हतियारहरू राख्न पाउने छैन ।

युक्रेन लामो समयदेखि नेटोसँग जोडिन चाहिरहेको छ । ट्रम्पको भनाइमा उसले आफ्नो दाबी छोड्नुपर्छ, त्यसपछि मात्र शान्ति प्रक्रिया अगाडि बढ्छ । 

एकातिर युक्रेनमा धेरै क्षति भएको छ, अर्कोतिर अमेरिकाको प्रस्तावमा रुस नै माथि छ । यदि रुस युद्धविराम गर्न तयार भए, ऊमाथि विगत एक दशकदेखि लगाइएका सबै प्रतिबन्धहरू हटाइने ट्रम्पले बताएका छन् । 

यो योजनाले युक्रेनसँग धेरै ठूलो सम्झौता गराउँछ । यसमा युद्धको वर्तमान सीमाहरूलाई नै अन्तिम मानिनुपर्ने भनिएको छ । यसको अर्थ रुसले जुन भूभाग कब्जा गरिसकेको छ, त्यो छाड्नुपर्ने छैन । यसलाई युरोपले शान्ति प्रस्तावले रुसको कब्जालाई कानुनी मान्यता दिने र युक्रेनले आफ्नै जमिन गुमाउने बताएको छ ।

ट्रम्प रूसप्रति किन नरम ?
डोनाल्ड ट्रम्प धेरै कारणले युक्रेनको सट्टा रूसको नजिक देखिन्छन् । यो उनका अभिव्यक्ति र विदेश नीतिमा देखिन्छ ।

‘अमेरिका फर्स्ट’ नीति अनुसार ट्रम्प प्रायः अमेरिकाले युक्रेनमा धेरै पैसा खर्च गर्नुहुँदैन । उनी ‘अमेरिका फर्स्र्ट’ मा जोड दिन्छन् र दोस्रो देशको लडाइँमा पैसा लगानी गर्नु अनावश्यक मान्छन् । यही कारण दोस्रो कार्यकालमा उनी युक्रेनबाट टाढिएको जस्तो देखिएका छन् ।

पुटिनप्रति नरम हुनुका साथै ट्रम्प व्यक्तिगत रूपमा पनि रुसी राष्ट्रपति पुटिनसँग उदार व्यवहार गर्छन् । ट्रम्पले पुटिनलाई धेरै मञ्चहरूबाट बलियो भनेका छन् ।

नेटोप्रतिको अविश्वास एउटा ठूलो कारण हो । ट्रम्पले पहिलो कार्यकालमा पनि नेटोबाट दूरी कायम गरेका थिए । ट्रम्प कुनै पनि देशको सुरक्षा अमेरिकाको जिम्मा नरहेको बताउँछन् । नेटो देशहरूले यसका लागि पैसा लगानी गर्नुपर्ने उनको धारणा छ । तर, अमेरिकाले रुस–युक्रेन युद्धमा ठूलो रकम खर्च गरिसकेको छ । यसलाई ट्रम्प उचित मान्दैनन् । एबीसीएनडीटीभीबाट । 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्