site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक
फाइल तस्बिर ।

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । शुक्रबार (भोलि) अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 

बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्