राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्रिपक्षीय सम्झौताका लागि प्रस्ताव गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले भने, “राजा जेनजी र दलहरूबीच त्रिपक्षीय सम्झौता गरौँ, यो सम्झौता गरेर प्रधानमन्त्रीअगाडि आउनु हुन्छ भने हामी ढोका खुला गर्छौं ।”
उनले फेरि देशलाई पछाडि धकेल्न खोजिएको आरोप लगाएका छन् । देशमा नयाँ नेतृत्व र संविधान संशोधन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, “यहाँ नेतृत्व मात्र नयाँ भएर संविधान पुरानै भयो भने देश विकास हुँदैन । नयाँ व्यक्ति आउला तर देश बन्दैन ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्