काठमाडौं । शीत युद्ध (कोल्ड वार) अन्त्यदेखि नै रूस विश्वबाट धेरै हदसम्म अलग रहँदै आएको छ । पछिल्लो दशक युक्रेनसँगको द्वन्द्वले उसलाई झनै विश्वसँग एक्लो बनाइदिएको छ ।
अमेरिकालगायत उसका समर्थक सबै देशहरूले मस्कोमाथि विभिन्न प्रकारका प्रतिबन्धहरू लगाएका छन् । यति धेरै आर्थिक नाकाबन्दीमा रूस आर्थिक रुपमा तहसनहस हुनुपर्ने थियो । तर, उसको अर्थतन्त्र पश्चिमी देशहरूले अपेक्षा गरेजस्तो कमजोर बनेन । त्यसो भए रूसले कस्तो ‘प्रतिबन्ध–मुक्त’ मोडल अपनाएको छ ?
२४ हजारभन्दा बढी प्रतिबन्ध
युरोपियन रिसर्च सेन्टर कास्टेलमले अमेरिका र युरोपियन युनियनले लगाएका प्रतिबन्धहरूबारे एउटा अध्ययन गरेको थियो । यो अध्ययनमा फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गर्नुअघि पनि रूसमाथि लगभग दुई ७५० प्रतिबन्धहरू लागु थिए, जुन पछि बढेर लगभग २४ हजार पुगे ।
यसमा अमेरिकाले सबैभन्दा धेरै प्रतिबन्धहरू लगाएको छ । तटस्थ भनिने स्विट्जरल्यान्डले पनि प्रतिबन्ध लगाएको छ । ईयूदेखि क्यानडा र जापान पनि सामेल छन् । यो तथ्यांक यस वर्षको अगस्टसम्मको हो ।
रूसका ठूला बैंक र वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट काटिएका छन्, जसले गर्दा विदेशमा कारोबार गर्न गाह्रो भएको छ । तेल र ग्यासको निर्यातमा पनि रोक लागेको छ ।
धेरै ठूला रूसी अधिकारी र व्यापारीहरूको सम्पत्ति जफत गरिएको छ भने उनीहरूलाई विदेश यात्राको अनुमति छैन । विदेशी कम्पनीहरू पनि रूसबाट आफ्नो लगानी फिर्ता गर्न थाले ।
यी सबैको उद्देश्य रूसको अर्थतन्त्र र सैन्य शक्तिलाई कमजोर बनाउनु थियो ।
प्रतिबन्ध लगाउनु कमजोर बनाउने रणनीति
प्रतिबन्ध लगाउनु कमजोर पार्न अपनाइएको पुरानो तरिका हो । करिब डेढ दशकअघि इरान आणविक शक्ति हासिल गर्ने प्रयासमा लागेकाले पश्चिमले उसमाथि थुप्रै प्रतिबन्धहरू लगाएको थियो । यसको असर तेल, बैंकिङ र सम्पूर्ण आर्थिक क्षेत्रमा पर्यो । देशको आय घट्यो, मुद्राको मूल्यमा गिरावट आयो र महँगी बढ्यो । आम मानिस समस्यामा पर्न थाले ।
त्यसपछि तेहरानले आवश्यक सामानका लागि विदेशमाथिको निर्भरता कम गर्न घरेलु उत्पादन र खेतीमा ध्यान केन्द्रित गर्यो । यसले केही फरक त पार्यो तर विकास रोकियो ।
रुसको हकमा किन लागु भएन ?
सुरुमा युद्ध र प्रतिबन्धहरू यो देशले एकसाथ झेल्न सक्दैन जस्तो लाग्थ्यो । तर, अर्थतन्त्रमा सुधार देखिन थाल्यो । सन् २०२४ मा त्यहाँ जीडीपीमा ४.१ प्रतिशतको वृद्धि देखियो । त्यस्तै, बेरोजगारी दर पनि निकै कम भयो । यसको अर्थ, प्रतिबन्ध र युद्धजस्ता चुनौतीहरूका बाबजुद पनि ऊ टिक्न सफल भयो ।
रूसले धेरै नयाँ काम गर्यो र युरोपियन साझेदारको अभावलाई पूरा गर्न नयाँ व्यापारिक साझेदारहरू खोज्यो । उसले भारतका अलावा, टर्की र मध्यपूर्वका देशहरूसँग सम्बन्ध बनायो ।
मस्कोले पनि धेरै घरेलु उत्पादन सुरु गर्यो, जसले गर्दा अरूमाथिको उसको निर्भरता धेरै हदसम्म कम भयो । उसले साझेदारहरूसँग आफ्नै मुद्रामा व्यापार गर्न थाल्यो र डलर–मुक्त मोडललाई बढावा दियो ।
मस्कोले ‘प्रतिबन्ध–मुक्त मोडल’ जस्तै रणनीति बनाएको केही हदसम्म भन्न सकिन्छ । यसबाट ऊ भारी प्रतिबन्धहरूको बाबजुद पनि आफ्नो अर्थतन्त्र चलाइराख्न सफल भएको छ । कम्तीमा अहिलेसम्म त यही देखिएको छ ।
अरू प्रतिबन्धित देशहरू किन कमजोर देखिए ?
यसको एउटै जवाफ के हो भने तिनीहरूको अर्थतन्त्र रूसजस्तो विविधतायुक्त छैन । धेरैजसो देशहरूसँग न त यति धेरै तेल–ग्यासको भण्डार छ, न यति ठूलो घरेलु उत्पादन छ । बलियो खरिदकर्ताहरू जो प्रतिबन्धपछि पनि उनीहरूसँग व्यापार जारी राख्दै आएका छन् । योे आर्थिक प्रातिबन्ध भोगिरहेका इरान होस्, उत्तर कोरिया वा भेनेजुएलाको अवस्था भन्दा फरक छ ।
भेनेजुएला वर्षौंदेखि अमेरिकी प्रतिबन्ध झेलिरहेको छ । देशको सम्पूर्ण आय लगभग तेलमा निर्भर थियो । कुनै पनि यस्तो मित्र देश थिएन, जसले अमेरिको सामु उभिन सकोस् । नतिजा के भयो भने प्रतिबन्ध लाग्ने बित्तिकै तेलको बिक्री रोकियो । अर्थतन्त्र ध्वस्त भयो । घरेलु उद्योग पहिलेदेखि नै कमजोर थियो । त्यसयता देश छोडेर पलायन हुने संख्या बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको सहयोगमा ।