site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशको सामु धेरै ठूला चुनौती खडा भएका छन् : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरू खडा भएको बताएका छन् ।

संसद सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने बताए ।

संघीय संसद देशको मुख्य अंगमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने उनले बताए । हरेक समस्या समाधानका लागि संघीय संसद सचिवालयले एकताबद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

"अहिले देशको अगाडि नै धेरै चुनौतीहरू खडा भएका छन् । यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौँ । यो राज्यको मुख्य अंग भएकाले यसले गर्नुपर्ने धेरै जिम्मेवारीहरू छन् । यस जिम्मेवारीबाट पन्छिन हुन्न," दाहालले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्