राजनीति
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २२) आफ्नो अवधारणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको ११औँ महाधिवेशनलक्षित अवधारणापत्र सार्वजनिक गर्न लागिएको हो ।
सोमबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा पोखरेल समूहका नेता एवं पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवधारणापत्र बुझाइने जानकारी दिए ।
“२ बजे अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने र सार्वजनिक गर्नेछौँ,” पाण्डेले भने ।
एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने तय छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ १२:५९
प्रतिक्रिया दिनुहोस्