site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ईश्वर पोखरेल समूहले बुझायो अवधारणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणापत्र बुझाएको छ । सोमबार (मंसिर २२) पार्टी मुख्यालय च्यासल पुगेर पोखरेलसहितका नेताले अवधारणापत्र बुझाएका हुन् ।

पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र हस्तान्तरण गरे । उनले पार्टीको ११औँ महाधिवेशनलक्षित अवधारणापत्र तयार पारेका हुन् ।

अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।

आसन्न महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कने वातावरण बनाइनुपर्नेमा अवधारणापत्रमा जोड दिइएको छ ।

“पार्टीको रक्षामार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु हामी सबैको साझा दायित्व हो,” पोखरेलले भनेका छन्, “यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौँ । आन्तरिक लोकतन्त्र समृद्ध बनाएर मात्र नेकपा (एमाले)लाई एउटा सशक्त राष्ट्रिय शक्तिको रूपमा विकास गर्न र हामीले लोकतान्त्रिक समाजको निर्माण तथा नेतृत्व गर्न सक्नेछौँ ।”

अवधारणापत्रको पूर्णपाठ पढ्नोस्–

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्