काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयोजक प्रचण्डले सोमबार शुभकामना व्यक्त गर्दै भनेका छन्, “मैले संसद्को रोस्ट्रमबाटै माग गरेको थिएँ । र, आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोयार्याउँछु ।”
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको संघर्ष रहेको उनको भनाइ छ । “यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ,” उनले भने ।
आज (मंसिर २३) विश्वभर भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।