बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसबाट उमेदवार बन्न आकांक्षीका नाम सिफारिस गरिँदै छ । सोहीअनुसार पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस गरिएको कांग्रेसका क्षेत्रीय सभापति झमनराज मगरले जानकारी दिए ।
सोमबार (मंसिर २२) बसेको क्षेत्रीय समितिको बैठकबाट रामपुर नगरपालिका–७ का रानाको नाम सर्वसम्मत सिफारिस गरिएको मगरले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार, समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक महिला थप गर्ने गरी नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।
एकल नाम सिफारिस गरिएका राना कांग्रेस लुम्बिनी प्रदेश सदस्य र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।
पाल्पा क्षेत्र नम्बर–१ मा ०५१ सालपछि कांग्रेसले कुनै पनि निर्वाचन जित्न सकेको छैन ।