राजनीति
काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले मंगलबार (मंसिर २३) प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो । यस्तै सुधनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्