site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झापा–१ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि झापा–१ बाट क्षेत्रीय समितिले शर्माको एकल नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार, उनको नाम सर्वसम्मतिबाट सिफारिस भएको हो । बुढाथोकीले भने, “महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत रूपमा हामीले सिफारिस गरेका हौँ ।”

शर्माले ०७० र ०७४ मा यही क्षेत्रमा चुनाव हारेका थिए भने ०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्