पोखरा । आउँदो फागुन २१ गते हुने प्रतिनिधसभा सदस्य निर्वाचनमा उमेदवारको आकांक्षी बन्न नेपाली कांग्रेस पर्वतले पाँच हजार रुपैयाँ शुल्क तोकेको छ । मंगलबार (मंसिर २३) बसेको जिल्ला समितिको बैठकबाट उक्त शुल्क तोक्ने निर्णय गरिएको हो ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा बुधबार (मंसिर २४) प्रत्यक्ष र समानुपातिकतर्फ उमेदवार बन्न आकांक्षीका नाम दर्ता गरिँदै छ । तर, नाम सिफारिसमै शुल्क तोकिएको हो । योसँगै आर्थिक रूपमा कमजोरलाई आकांक्षा राख्नबाटै वञ्चित गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ ।
पर्वतबाट यसअघि पाँचपटक उमेदवार भइसकेका कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीदेखि नवराज गुरुङसम्मले पत्रकार सम्मेलन गरेर फेरि चुनाव लड्ने आकांक्षा व्यक्त गरिसकेका छन् ।
जोशीले ०५६, ०६४, ०७०, ०७४ र ०७९ को निर्वाचन लडेका थिए । लगातार तीन चुनाव जितेका उनी ०७४ र ०७९ मा भने हारेका थिए ।