site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
भदौ २४ गराउन मैले बन्दुक बाँडेको होइन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको गहिरो र साहसपूर्ण ढंगले छानबिन आवश्यक रहेको बताएका छन् । बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानसँगको कुराकानीमा उनले गम्भिर षड्यन्त्र भएको र त्यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । 

“वास्तवमा यस्तो हुनुहुँदैनथ्यो । यसलाई गहिरो गरी र साहसपूर्ण ढंगले छानबिन गर्नु जरुरी छ । यो यत्तिकै निस्किँदैन । यसमा साहसपूर्ण ढंगको छानबिन चाहिन्छ । जे भएको छ त्यो भन्न सक्नुपर्छ । सुन्छु खै कुन बाबुले चलाएको छ सरकार । यस्तो सरकारले गम्भीर छानबिन कसरी गर्छ र ?,” ओलीको प्रश्न छ । 

बाह्रखरीसँगको कुराकानीमा ओलीले जेनजी आन्दोलन, पार्टीको महाधिवेशन, भू–राजनीतिकसहित समसमायिक विषयमा गरेको कुराकानी हेर्नुहोस् भिडियो–

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्