site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महन्थ, हृदयेश र वृषेशचन्द्रको पार्टीबीच एकता हुने

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बीच एकता हुने भएको छ । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन पार्टी एकीकृत हुने जनाएको हो ।

"...वास्तविक राष्ट्रिय एकताको मजबुती र संवर्द्धनको एकमात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा आगाडि बढन संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध सिमान्तिकरणमा पारिएकाहरूको बृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौँ," विज्ञप्तिमा भनिएको छ ।

Untitled-1765385571.jpg
 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्