काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता तथा यसपटकको नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो बिहीबार नर्वेको राजधानी ओस्लो पुगेकी छिन् ।
तर, उनी पुग्नुभन्दा केही घण्टाअघि उनकी छोरीले उनको तर्फबाट पुरस्कार ग्रहण गरेकी थिइन् । मचाडो गत वर्षको चुनावपछि लुकेर बस्दै आएकी थिइन् । त्यसैले समारोहमा समयमै पुग्न सकेकी थिइनन् ।
मचाडो ११ महिनापछि पहिलोपटक सार्वजनिक रूपमा नर्वेको राजधानीमा देखिएकी हुन् ।
संचारमाध्यमका अनुसार उनले पहिले डुंगाबाट क्यारिबियन टापु कुरासाओसम्मको यात्रा गरिन् र त्यहाँबाट विमानमार्फत ओस्लो पुगेकी थिइन् ।
पुरस्कार समारोहमा उनकी छोरी अना कोरिना सोसा मचाडोले आमाको तर्फबाट पुरस्कार स्वीकार गरेकी थिइन् ।
अनाले अब उनीहरूले १६ महिनाको दुःखद् समयपछि एक–अर्कालाई अंकमाल गरेको बताइन् ।
मारियाले एउटा छोटो कुराकानीमा भनिन्, “म भेनेजुएलाका जनताको तर्फबाट पुरस्कार लिन आएकी छु । र, यसलाई सही समयमा भेनेजुएला फिर्ता लैजानेछु ।”
तर, उनले फिर्ता हुने मिति बताइनन् । उनले भनिन्, “म यो तानाशाहीलाई चाँडै समाप्त गर्न चाहन्छु र एक स्वतन्त्र भेनेजुएला चाहन्छु ।” मचाडोले मादुरोको शासनमा जो कोही पनि सत्य बोल्न चाहन्छ, तर ऊ खतराका रूपमा रहेको बताइन् । यूएसएटुडे