विदेश
काठमाडौं । पाकिस्तानको गुप्तचर एजेन्सी इन्टर–सर्भिसेज इन्टेलिजेन्स (आईएसआई)का पूर्वप्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।
पाकिस्तानको एक सैन्य अदालतले बिहीबार यो सजाय सुनाएको हो । फैज हमिद सन् २०१९ देखि २०२१ को बीचमा आईएसआईका प्रमुख थिए । इमरान खान प्रधानमन्त्री हुँदा उनी आईएसआईका प्रमुख थिए ।
हमिदलाई शक्ति दुरुपयोग र गोप्य जानकारी चुहावट गरेकोलगायत चार अपराधमा दोषी ठहर गरिएको छ । हमिदविरुद्धको मुद्दा १५ महिनासम्म चलेको थियो ।
सेनाले आफ्नो बयानमा हमिदलाई आफ्नो पक्ष राख्ने पूरा मौका दिइएको र उनी यो फैसलाविरुद्ध नागरिक अदालत (सिविल कोर्ट) मा पुनरावेदन गर्नसक्ने बताएको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०८:०७
प्रतिक्रिया दिनुहोस्