site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केएसएलको प्रिन्सिपलबाट हटेपछि इङनाम मन्त्री
कुमार इङनाम ।

काठमाडौं । वरिष्ट अधिवक्ता एवं प्रा. डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्न लागेका छन् । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल ८३ दिन बाँकी रहँदा शुक्रबार (मंसिर २६) इङनामसहित चारजनालाई मन्त्रीमा नियुक्ति सिफारिस गरेकी हुन् ।

प्रा. डा. इङनाम गएको साउनमा काठमाडौं स्कुल अफ ल (केएसएल)बाट सेवानिवृत्त भएका थिए । उमेरका आधारमा प्रिन्सिपलबाट रिटायर्ड उनले प्राध्यापन कर्म भने छाडेका थिएनन् ।

तेह्रथुमको इवामा जन्मिएका इङनाम झापा हुँदै काठमाडौंमा छन् । उनले प्राध्यापन र वकालत दुवै अघि बढाएका छन् ।

उनले वर्तमान अवस्थामा निर्वाचन नै सुरक्षित र उत्तम राजनीतिक विकल्प भएको बताए । आफू मन्त्री बनेपछि त्यसमै केन्द्रित हुने उनको भनाइ छ ।

“अहिले पनि अस्थिरताको चक्र सकिएको छैन । दलहरू सर्वोच्चमा रिट लिएर गएका छन्,” प्रा. डा. इङनामले बाह्रखरीसँग भने, “अहिलेका लागि सर्वोत्तम विकल्प भनेको चुनाव हो । चुनावबाट जसले म्यान्डेट पाउँछ, उसैले जिम्मेवारी लिने अवस्थाले देशलाई सही मार्गमा हिँडाउन मद्दत गर्छ ।”

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्