site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशनमा रास्वपा महामन्त्रीले भने– सभापतिमाथि प्रतिशोध साधियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नक्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको बताएका छन् । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । 

“सहकारी ठगीमा सभापतिमाथि प्रतिशोध साधिएको छ । सहकारी ठगी गर्नेहरू खुलेआम हिँड्ने र रविमाथि साधिएको प्रतिशोधको प्रमाणहरू आउँदा पनि उहाँले न्याय पाउनु भएन,” बुर्लाकोटीले भने । 

उनले ३०–३५ वर्षदेखि देशको बागडोर सम्हालेका दलहरूले ‘जेनजी’ आन्दोलनको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । “३०–३५ वर्षदेखि देशको बागडोर सम्हालेका दलहरूले जेनजी आन्दोलनको जिम्मेवारी लिनैपर्नेछ ।  त्यसमा रास्वपाले पनि लिनुपर्ने हो भने सरकारमा बसुन्जलेसम्मको जिम्मेवारी हामी लिन्छौँ,” उनले भने ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्