काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आइतबार बिहान ७:३० बजेबाट सुरु हुँदै छ । शनिबार उद्घाटन सत्र सकिएसँगै अध्यक्ष केपी शर्मा ओली र अध्यक्षको उमेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
पदाधिकारीको संख्या १५ रहँदा आकांक्षी नेताहरूलाई मनाउन अध्यक्ष ओलीलाई सकस छ । उनले शुक्रबारको सचिवालय बैठकमा पदाधिकारीको संख्या १९ बनाउने भन्ने प्रस्ताव लगेर पछि ब्याक भएका थिए ।
पदाधिकारीका आकांक्षी केही नेताहरू अध्यक्ष ओली निवास गुण्डु पुगेका छन् ।
त्यस्तै, पोखरेल समूहका नेताहरू पनि छलफलमा छन् ।
“अहिले हामी छलफलमा छौँ । सम्भवतः भोलि बिहानसम्म पदाधिकारीमा को–को, कहाँ उठ्ने भन्ने एउटा खाका निकाल्ने गरी तयारी गरिरहेका छौँ,” पोखरेलपक्षीय एक नेताले भने ।