site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ईश्वरपक्षले नगरौँ भन्दाभन्दै एमालेको विधान संशोधन !

काठमाडौं । आइतबार पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रको समय सारेर बोलाइएको केन्द्रीय कमिटी बैठकले एमालेको विधान संशोधनको निर्णय लियो ।

अध्यक्ष केपी शर्मा ओलीको चाहनामा भएको विधान संशोधनको निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने विरोध जनाएको थियो । पोखरेल समूहको विरोधको बाबजुद एमालेले विधान संशोधन गर्ने निर्णय लियो ।

विधान संशोधन गर्नुहुन्न भन्नेमा वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य थिए । त्यस्तै सचिवहरू योगेश भट्टराई तथा गोकर्ण विष्ट पनि विधान संशोधनको विपक्षमा थिए ।

यी पदाधिकारीको असहमतिका बीच ओलीले विधान संशोधनको निर्णय गराएका बैठक स्रोतले जानकारी दियो । जारी महाधिवेशनमा पोखरेलले अध्यक्षमा ओलीलाई चुनौती दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्