site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको बन्दसत्र सुरु
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबार (मंसिर २८) दिउँसो काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र थालिएको हो ।

बन्दसत्रको सुरुआतमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् । केही नेताले बोलिसकेपछि चुनावी प्रक्रिया अघि बढाइनेछ ।

पार्टी अध्यक्षमा यसपालि ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धाको तयारी गरेका छन् ।

amale-mahadhibesan1-1765706537.jpg
बन्दसत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकबाट पार्टी विधान संशोधनको निर्णय गरिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्