site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लोकतान्त्रिक पक्षधर हङकङका ‘ताइकुन’ जिमी लाई राष्ट्रिय सुरक्षा अपराधमा दोषी ठहर

काठमाडौं । हङकङको एक अदालतले सञ्चार ‘ताइकुन’ जिमी लाईलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत विदेशी शक्तिसँग मिलेमतो गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

अदालतबाट बाहिर निस्कँदै गर्दा आफ्नो परिवारलाई हात हल्लाएर बिदा गरेका ७८ वर्षीय लाईलाई आजीवन कारावासको सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।

बेलायती नागरिक लाई रुसका सबैभन्दा कडा आलोचकमध्ये एक हुन् । न्यायाधीशले लाईले बेइजिङप्रति घृणा र चिनियाँ सरकार ढाल्ने उद्देश्य राखेको टिप्पणी गरेका छन् ।

न्यायाधीशले प्रस्तुत प्रमाणको विस्तृत विश्लेषण गर्दै लाईलाई विदेशी शक्तिसँग मिलेमतो गर्ने षड्यन्त्रको मुख्य योजनाकारका रूपमा चित्रण गरे ।

न्यायाधीशले उनले आफ्नो मिडिया प्लेटफर्म एप्पल डेलीको प्रयोग गरेर राष्ट्रिय सुरक्षाका निम्ति खतरा उत्पन्न गरेको बताए ।

तर, अदालतमा उपस्थित उनका एक समर्थकले भने, “धेरैजसो हङकङवासी लाईले मूल मान्यताको समर्थन गरेकामा निकै कृतज्ञ छन् ।”

आलोचकले राष्ट्रिय सुरक्षा कानुनलाई विरोध दबाउन प्रयोग गरिएको बताउँदै आएका छन् । तर, बेइजिङ र हङकङ प्रशासन स्थिरता कायम गर्न यो कानुन आवश्यक रहेको तर्क गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लाईलाई बचाउन सबै उपाय गर्ने वाचा गरेका थिए । बेलायती प्रधानमन्त्री कियर स्टारमरले उनलाई रिहा गराउनु आफ्नो प्राथमिकता रहेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्