site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महाधिवेशन : बाँड्न थालियो उमेदवारी मनोनयन फाराम

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवार मनोनयन फाराम बाँड्न थालिएको छ । सोमबार (मंसिर २९) बिहान करिब ११ बजेदेखि फाराम वितरण सुरु गरिएको हो ।

फाराम तीन ठाउँबाट वितरण भइरहेको छ । उमेदवारी दर्ताका निम्ति पार्टी निर्वाचन आयोगले बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्मको समय निर्धारण गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ । हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

uadsfg-1765777216.jpg
दुवै टिमबाट अध्यक्षसहित सबै पदमा उमेदवारका नाम टुंगो लगाइएको विवरण सार्वजनिक गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते बिहान ११ देखि बेलुका अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्