site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली समूहबाट उमेदवार : अनुशासन आयोग अध्यक्षमा अधिकारी

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवैले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरेका छन् । दुवै नेताले आफ्नो समूहबाट उमेदवार बन्ने नाम टुंग्याउँदै छन् ।

ओली समूहबाट लेखा आयोगको अध्यक्षमा पुष्प कँडेललाई दोहोर्‍याउने तयारी छ । उक्त पदमा उनको नाम टुंगो लगाइएको ओलीनिकट नेताले विवरण सार्वजनिक गरेका छन् । कँडेल यसअघि पनि लेखा आयोगकै अध्यक्ष हुन् ।

ओली समूहबाट पार्टी अनुशासन आयोगको अध्यक्षमा काशीनाथ अधिकारीलाई उमेदवार बनाउने तयारी छ । उनी यसअघि संगठन विभाग प्रमुख हुन् ।

अनुशासन आयोग अध्यक्ष रहेका केशव बडालले आइतबार (मंसिर २८) कुनै पदमा नउठ्ने घोषणा गरिसकेका छन् ।

ओली र पोखरेल टिमले आफ्नो समूहबाट पदाधिकारीका उमेदवारको पनि नाम टुंगो लगाइएको भन्दै विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्