काठमाडौं । हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिसेल राइनरको निधन भएको छ ।
लस एन्जलस प्रहरी विभागका हत्या अनुसन्धानकर्ता राइनरको निवासमा रहेको र हत्याको अनुसन्धान गरिरहेका सीएनएनले जनाएको छ । आइतबार साँझ अनुसन्धानकर्ताले मृत्युबारे परिवारका एक सदस्यसँग सोधपुछ गरेका छन् ।
विभागका क्याप्टेन माइक ब्लान्डले आइतबार दिउँसो साउथ चाडबोर्न एभिन्यूको २०० ब्लकमा मृत्यु अनुसन्धानका लागि अधिकारी पुगेको बताए । निवासभित्र पुगेपछि अधिकारीले दुई जनाको शव फेला पारेका थिए ।
प्रहरीले आइतबार राति मृतकको पहिचान नखुलाए पनि उनीहरूले पश्चिम लस एन्जलसको ब्रेन्टवुड इलाकामा रहेको उक्त निवास रब राइनरको घर भएको पुष्टि गरेका थिए । प्रहरी अधिकारीहरूले ‘हत्या’ भएको भन्दै घटनाको अनुसन्धान गरिरहेका छन् ।
लस एन्जलस दमकल विभागका प्रवक्ता मार्गरेट स्टिवर्टले करिब ७८ वर्षीय पुरुष र ६८ वर्षीया महिलाको शव रहेको विभागले पहिचान गरेको बताइन् ।
राइनर हास्यकलाकारका छोरा थिए । उनले सुरुमा सन् १९७० को दशकमा सिटकम ‘अल इन द फ्यामिली’मा ‘मिटहेड’को भूमिका खेलेर ख्याति कमाएका थिए । उनले ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल टैप’, ‘व्हेन ह्यारी मेट स्याली’ र ‘अ फ्यू गुड मेन’जस्ता चर्चित फिल्म निर्देशन गरेका छन् ।