site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सहयोग गर्नुस् : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरूलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले यस्तो आग्रह गरेका हुन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई थप अग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

उनले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरूलाई सहयोग गर्न समेत प्रतिनिधिहरूलाई आग्रह गरे ।

"नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अझै अग्रगामी बाटोमा लैजानको लागि महाधिवेशन प्रतिनिधिज्यूहरूको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा विश्वस्त छु," पाण्डेले भने । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्