site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आनन्द पोखरेल उपमहासचिवको उमेदवार
आनन्द पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा आनन्द पोखरेल उपमहासचिव पदको उमेदवार बन्ने भएका छन् । उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट उमेदवार बन्न लागेका हुन् ।

योसँगै पोखरेल समूहले पदाधिकारीमा उमेदवार बन्नेहरूको नामावली करिब टुंगो लगाएको छ । पोखरेल समूहतर्फबाट यसअघि सार्वजनिक सूचीमा उपाध्यक्ष र उपमहासचिवको एक/एक नाम बाँकी थियो । उपाध्यक्षमा रघुजी पन्तलाई अघि सारिएको पोखरेल समूहले जनाएको छ ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया जारी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्