site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्वको संरक्षण गर्नु एमालेको मुख्य दायित्व हो : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टी नेतृत्वको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताएकी छन् । सोमबार पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै झाँक्रीले यो कुरा बताएकी हुन् ।

आफ्नो पार्टी नेतृत्वमाथि दृश्य/अदृश्य शक्तिहरूले आक्रमण गरिरहेको उनले तर्क गरिन् । सोही कारण एमाले नेता, कार्यकर्ता पंक्तिले नेतृत्वको संरक्षण गर्नु दायित्व भएको झाँक्रीको भनाइ थियो ।

"जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरूले लडिराखेका छन्," झाँक्रीले भनिन्, "यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।"

जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरूको पक्ष लिन नसकिने उनले बताइन् । नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रूपमा लिनुपर्ने बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्