site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
क्रिसमसका दिन तय भएको त्रिवि दीक्षान्त समारोहको मिति सार्न मन्त्री पुनले गरे अस्वीकार
फाइल तस्बिर ।

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पुस १० मा तय भएको दीक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् । सोही दिन क्रिसमस डे परेको भन्दै त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोहको मिति स्थगित गर्न विभिन्न ठाउँबाट मन्त्रीलाई दबाब आएको थियो ।

मन्त्री पुनले सो दीक्षान्त समारोहको मिति नसार्ने बताए । "पुस १० गते क्रिसमस डे परेको छ भन्दै त्रिविको दीक्षान्त समारोह सार्नका लागि मलाई फोन आको आयै छ । तर, तोकिएकै मितिमा दीक्षान्त समारोह हुन्छ । मिति सर्दैन," मन्त्री पुनले बाह्रखरीसित भने । 

मन्त्री पुनका अनुसार, दीक्षान्त समारोहको स्थान तय गर्ने विषय पनि अन्तिम चरणमा पुगेको छ । मन्त्री पुन भन्छन्, "दीक्षान्त समारोह त्रिवि क्रिकेट मैदान वा दशरथ रंगशालामध्ये एक ठाउँमा हुन्छ ।"

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले शिक्षामन्त्री पुनलाई भेटेरै क्रिसमस डेको दिन दीक्षान्त समारोह गर्दा क्रिस्चियन समुदायका विद्यार्थीहरूको पर्वमाथि हस्तक्षेप भएको बताउँदै मिति सार्न अनुरोध गरेका थिए । तर, उनको अनुरोध मन्त्री पुनले अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्