राजनीति
काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार (मंसिर २९) प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट रानी कुमारी तिवारी शिषा तथा संस्कृतिमन्त्री बनेकी छन् ।
यससँगै मधेसमा मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ । महेशप्रसाद यादव, जंगीलाल राय र कनिश पटेल भने यसअघि नै मन्त्री भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ २०:३६
प्रतिक्रिया दिनुहोस्