site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीकै पक्षमा खुले प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदै छ । मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन भइसकेको छ । दिउँसो ३ बजेबाट मतदान हुँदै छ । 

एमाले नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । उनी महासचिवका आकांक्षी थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई उक्त पदमा नै दोहोर्‍याउने बताएपछि रुष्ट बनेर पदाधिकारीमा उमेदवारी नदिने भन्दै महाधिवेशनस्थलबाट बाहिरिएका थिए । तर, अन्ततः उनी ओली पक्षमै खुलेका छन् । 

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरेका छन् । 

उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन् । 

यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उमेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्