site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारी वर्षापछि मोरक्कोमा बाढी : ४१ जनाको मृत्यु

काठमाडौं । मोरक्कोमा भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार, एटलान्टिक महासागरको तटीय प्रान्त सफीमा ४१ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालमा घाइते १४ जना उपचाररत छन् ।

सफीमा मेघगर्जन र चट्याङसहित करिब एक घण्टा भारी वर्षा भएको थियो । वर्षासँगै  सहरका दर्जनौं घर, पसल तथा गाडीहरू डुबानका परेका छन् ।

यस्तै, सडकमा क्षति पुगेपछि यातायात सञ्चालनमा पनि अवरोध पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसैगरी, दक्षिणी टिङहिर प्रान्तमा आएको ठूलो भेलले सवारीसाधनलाई बगाएर फेजाउ र एल हाफिरा क्षेत्रबीचको नदीमा पुर्‍याउँदा चार जनाको मृत्यु भएको स्थानीय समाचार संस्था हिबा प्रेसले जनाएको छ ।

मोरक्कोका मौसम पूर्वानुमान अधिकारीले थप वर्षा हुने चेतावनी दिएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्