site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा अमृत कुमार बोहरा र प्रकाश शर्मा छन् ।

उनीहरू दुवैजनालाई प्रहरी वृत्त मालिगाउँ लगिँदै गरेको एसपी भट्टराईले जानकारी दिए । "भर्खर त्यहाँ लैजादै छौँ । को हुन् सोधपुछ गर्छौं," एसपी भट्टराईले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्