site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१४औँ महाधिवेशनअघि काठमाडौं र ललितपुरका सदस्यलाई चार वर्षपछि मान्यता

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअघि सदस्यता लिएकाहरूले चार वर्षपछि मान्यता पाएका छन् । कांग्रेसको क्रियाशील सदस्यता १४औँ महाधिवेशनअघि नै लिएर भाग लिन नपाएका ती सदस्यका विषयमा विवाद कायम थियो । उनीहरूको सदस्यता कायम गर्ने र नगर्ने विवाद मंगलबारको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले टुंग्याएको छ ।  

“१४औँ महाधिवेशनअघि सदस्यता लिएका काठमाडौं र ललितपुरका सदस्यको विषयमा विवाद बाँकी रहेछ,” सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्य योगेन्द्र चौधरीले भने, “उनीहरूको सदस्यता कायम राख्दै अब नवीकरण गरे त्यही अवधिदेखि गणना हुने निर्णय भएको छ ।”

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, काठमाडौंका चार सयभन्दा बढी र ललितपुरका ६५ सदस्यका विवाद समाधान भएको थिएन । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्