site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनावमा यातायात बन्द नगर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।

मंगलबार आयोगमा आयोजित छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिए । विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको उनको भनाइ छ ।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ ।

यस्तो छ जबराको भनाइ :

हामी सकेसम्म योपटक निर्वाचनको दिन पनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । गाडीमा नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर हामीले विगतमा सवारी आवागमनमा रोक लगाउने निर्णय गर्ने गरेका थियौँ । तर, संसारमा कतै पनि यातायात बन्द गरेर निर्वाचन हुँदैन भन्ने छ । तर, हामीकहाँ त्यो कुरा लागु हुँदैन । स्थानीय तहमा राजनीतिक दलहरू र उम्मेदवारहरूले पनि भोटरहरूलाई मतदानस्थलमा लैवाने व्यवस्था मिलाउन सक्छन् । तर, निर्वाचन आयोगले नै बस नै चलाएर अपांगता भएका लगायतका व्यक्तिहरूलाई सेवा दिनसक्ने अवस्था छैन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्