site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसम मुख्यतया सफा रहने
फाइल तस्बिर ।

काठमाडौं । केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०४:५२
प्रतिक्रिया दिनुहोस्