site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र– उपकुलपति कार्कीलाई कारबाही गर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कारबाही गर्न आग्रह गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका छन् ।

कार्कीको कार्यकक्षमा तालाबन्दी गरेको भोलिपल्ट बुधबार उनले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका हुन् ।

पत्रमा बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीले कार्यकारणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको उल्लेख छ । 

कार्कीले आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको र आफूअनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको र प्रतिष्ठानमा अराजक गतिविधि गर्दै आएको साम्पाङको भनाइ छ ।

"नेपालको स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकासहित समग्र देशको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गुणस्तरीय, विश्वासिलो सेवा दिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल केही दिनदेखि प्रतिष्ठानको कायम मुकायम उपकुलपतिका कारण गतिरोध उत्पन्न भएको छ," पत्रमा उनले भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्