ललितपुर । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँको प्रतिवेदनलाई महासमिति सदस्यहरूले नाराबाजी गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन बिहीबार बानियाँले प्रतिवेदन पेस गरेलगत्तै सदस्यहरूले उठेर नाराबाजी गरेका हुन् ।
1-1708599984.jpg?timestamp=1708599974166)
बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा गठबन्धन आवश्यक रहेको विषयलाई जोड दिएपछि सदस्यहरूले नाराबाजी गरेका हुन् । उनीहरूले प्रतिवेदनमा आफूहरूको भावना नसमेटिएको बताएका थिए । नाराबाजीका क्रममा उनीहरूले गठबन्धन गर्न नहुने माग राखेका छन् ।
महामन्त्री गगन थापाले केन्द्रीय समितिले यसलाई सम्बोधन गर्ने भनेपछि स्थिति सामान्य भएको थियो । अहिले महासमिति बैठकको समापनसत्र जारी छ ।
2-1708599983.jpg?timestamp=1708599974166)
4-1708599982.jpg?timestamp=1708599974166)
3-1708599981.jpg?timestamp=1708599974166)
6-1708599980.jpg?timestamp=1708599974166)
5-1708599980.jpg?timestamp=1708599974166)
7-1708599979.jpg?timestamp=1708599974166)
8-1708599978.jpg?timestamp=1708599974166)
9-1708599977.jpg?timestamp=1708599974166)
10-1708599976.jpg?timestamp=1708599974166)
12-1708599975.jpg?timestamp=1708599974166)
13-1708599973.jpg?timestamp=1708599974166)
11-1708599973.jpg?timestamp=1708599974166)
14-1708599972.jpg?timestamp=1708599974166)
15-1708599972.jpg?timestamp=1708599974166)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी