site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराट कोहलीभन्दा धनी बने अजय जडेजा 

काठमाडौं । पूर्वभारतीय क्रिकेट अजय जडेजा वर्तमान क्रिकेट टिमका सदस्य विराट कोहलीभन्दा धनी बनेका छन् ।

जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित भएसँगै जडेजाले सम्पत्तिमा कोहलीलाई उछिनेका हुन् । नवानगरका महाराजा जमसाहेबले अक्टोबर १२ मा जडेजालाई उत्तराधिकारी घोषणा गरेका हुन् । घोषणासँगै जडेजाको कुल सम्पत्ति एक हजार ४५० करोड भारतीय रुपैयाँ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विराट कोहलीको कुल सम्पत्ति एक हजार २२ करोड भारतीय रुपैयाँ छ ।

जडेजाले भारतीय क्रिकेट टिमका लागि १९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् १९९२ देखि २००० सम्म भारतीय टिमबाट १५ अन्तर्राष्ट्रिय टेस्ट खेलसमेत खेलेका थिए । 

क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनले सन् २००३ मा ‘खेल’ मार्फत चलचित्र क्षेत्रमा समेत पाइला राखेका थिए । त्यसयता उनले ‘पल पल दिल के साथ’ र ‘कोइ पुछे’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्