देश
काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गर्ने थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापामगर, झापाका २१ वर्षीय समीर मगर, रामेछापका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङका २३ वर्षीय सुशिल बराल, नुवाकोटका २७ वर्षीय रमेश राई, अछामका २० वर्षीय गोकर्ण शाही र संखुवासभाका ३९ वर्षीय मुकुन्द दहाल छन् ।द्ध
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१ १९:५२
प्रतिक्रिया दिनुहोस्