site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेशबहादुर ठाडामगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को असार २ गतेको निर्णयले मगर सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् । 

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका मगरलाई बधाई दिँदै बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्