site stats
बाह्रखरी :: Baahrakhari
देश
रोशी खोलाको बीचमा फसेका पाँचजनाको गरियो उद्धार (तस्बिरहरू)

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलाको बीचमा फसेका पाँचजनाको सकुशल उद्धार गरिएको छ । बिहीबार (असार ५) राति करिब ९ बजे खोलामा पानीको बहाव बढ्दा उनीहरू त्यहाँ फसेका थिए ।

रोशी खोलाको बीचबाट उद्धार गरिएकामा ओलखढुंगाको दूधकोसी गाउँपालिका–४ का २१ वर्षीय सागर राई, काभ्रेको नमोबुद्ध नगरपालिका–५ का १९ वर्षीय मुस्कान तामाङ, काभ्रेकै तेमाल गाउँपालिका–५ का ४२ वर्षीय सञ्जय लामा, तेमाल–९ का ३२ वर्षी रेमन तामाङ र दोलखाको भीमेश्वर नगरपालिका–९ का २९ वर्षीय समीर तामाङ छन् । सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरेको हो ।

उनीहरूमध्ये सागरले त्यहाँ लेबरको काम गर्दै आएका थिए । मुस्कान टिपरका सहचालक, सञ्जय ठेकेदार हुन् । रेमन टिपर चालक हुन् । समीर जेसीबी चालक रहेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूसँगै एउटा टिपर र जेसीबी पनि खोलाको बीचमा फसेको हो । टिपर र जेसीबी अझै खोलामा नै रहेको प्रहरीले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

k2-1750395582.jpg

k1-1750395582.jpg

k4-1750395581.jpg

k3-1750395581.jpg

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्