site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्पत्ति शुद्धीकरणमा गणेश लामालाई सफाइ : विशेषको फैसला सर्वोच्चले उल्टायो
फाइल तस्बिर ।

काठमाडौं । गुन्डा नाइके भनेर चिनिने कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । लामालाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्ने विशेष अदालतको मुद्दा उल्टाउँदै सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले सफाइ दिने फैसला गरेको हो । 

लामा विशेष अदालतको २०७५ साउन २४ गतेको फैसलाबाट सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका थिए । विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरू न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामालाई एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको ठहर गरेको थियो । उनलाई एक वर्ष कैद र बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिबाना हुने फैसला भएको थियो । 

सोमबार सर्वोच्चका न्यायाधीशद्वय रेग्मी र मुसलमानको इजलासले लामाको सम्पत्ति वैध ठहर हुने फैसला गरेको हो । विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर हुँदा २७ करोड एक लाख अवैध सम्पत्ति जोडेको भनेर त्यति नै बिगो दाबी गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्