site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई नतिजा : १२६ परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, जीपीए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।

यस्तै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

अवर्गीकृत परीक्षार्थीको सङ्ख्या एकलाख ६७ हजार ५९७ छ । 

कसरी हेर्ने नतिजा ?
एसईईको नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिन्छ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ । 

०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्