site stats
बाह्रखरी :: Baahrakhari
देश
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी पुनः जेल चलान

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा अन्सारीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

तर, अन्सारीले धरौटी रकम बुझाउन नसकेपछि उनलाई पुनः केन्द्रीय कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

नक्कली भारतीय रुपैयाँको कारोबार गरेको आरोपमा पक्राउ परेका अन्सारीले विभिन्न मुद्दा खेपिरहेका छन् ।

०७६ जेठमा अन्सारीसहित ६ जना सात करोड ७६ हजार भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्