site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीका वडाध्यक्ष तीन लाख घुस रकमसहित अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीकाे मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपीनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपीनकुमार पाण्डेयमार्फत तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २३:१७
प्रतिक्रिया दिनुहोस्