देश
काठमाडौं । भोटेकोशीमा आएको बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको बाँध बगाएको छ । सोमबार राति चीनमा परेको अविरल वर्षाका कारण आएको बाढीले रसुवागढीमा अवस्थित बाँधमा ठूलो क्षति पुगेको हो ।
आयोजनास्थलमा बाढी पसेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन् ।
आयोजनाका कर्मचारी टिकानाथ पौडेलका अनुसार कर्मचारीले भागेर ज्यान जोगाएको र आयोजनाको बाँध सम्पूर्ण बगाएको छ । कर्मचारी आवास गृहसमेत बगाएको छ ।
अहिले उनीहरूको उद्धारको लागि काठमाडौंबाट हेलिकोप्टर पठाउने पहल भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ ०७:४४
प्रतिक्रिया दिनुहोस्