site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूलीमा भेटियो दुई जनाको शव, बाढीले बगाएको आशंका

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । मंगलबार बिहान गजुरी गाउँपालिका–६, बेल्खुस्थित त्रिशूली नदीको किनारमा अन्दाजी ३६ वर्षीय पुरुषको शव भेटिएको हो ।

यस्तै, गल्छी गाउँपालिका–२, केउरेनी टारस्थित त्रिशूली नदीको किनारबाट अन्दाजी ४० वर्षी पुरुषको शव भेटिएको छ ।

उनीहरू दुवैको पहिचान खुलेको छैन । उनीहरूलाई बाढीले बगाएर ल्याएको हुन सक्ने धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, श व आज बिहान ९ बजेतिर भेटिएको हो । अहिले त्रिशूली नदीमा बहाब बढेको छ ।

उता चितवन प्रहरीले नारायणी नदीमा पनि बहाब बढ्न सक्ने भएकाले माइकिङ गरेर नदी किनारमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्