site stats
बाह्रखरी :: Baahrakhari
देश
एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । एक करोड ४४ लाख रकमसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ परेका छन् । 

सोमबार काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीको एक घरबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले स्वयम्भू बस्ने  ४० वर्षका चिनियाँ नागरिक वाङ जैनलाई एक करोड ४४ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्